दमाैली । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा तालाबन्दी गरिएको छ । अखिल (क्रान्तिकारी) बाट स्ववियु सभापतिका उम्मेदवार निर्दोष भट्टराई, अखिल (क्रान्तिकारी) बहुमतबाट सचिव पदका उम्मेदवार शिव विक र अखिल (समाजवादी) का क्याम्पस संयोजक विशाल रुचालले शुक्रबार क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् ।
विद्यार्थी सङ्गठनको मागलाई क्याम्पस प्रशासनले बारम्बार वेवास्ता गरेको हुँदा माग पूरा नहुँदासम्म क्याम्पस प्रशासन र स्ववियु निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएको उनीहरुले विज्ञप्ती मार्फत् उल्ल्ेख गरेका छन् ।