प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता रिहा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता रिहा

    खबरपुञ्ज संवाददाता

    १ चैत्र २०८१, आईतवार

    हेटौंडा । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन् ।

    चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो ।

    उनलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको हो । रिहाइलगत्तै बमलाई हेटौंडा–२ स्थित राप्रपा कार्यालयमा स्वागत समेत गरिएको छ ।

    पक्राउ परेका कालिकोटका बम राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव समेत हुन् ।