दमौली। नेपाल विद्यार्थी संघ तनहुँले स्ववियु निर्वाचनमा ऑबुखैरेनीमा क्याम्पसमा संघका उम्मेदवारको उम्मेदवारी कायमै रहेको जनाएको छ ।
संघका जिल्ला अध्यक्ष आशिष कैनीले सोमबार विज्ञप्ती जारी संघका तर्फबाट उम्मेदवार बनेकाहरुको उम्मेदवारी कायमै रहेको जनाएका छन्।
विज्ञप्तीमा भनिएको छ, ‘केही व्यक्ति तथा संगठनले दबाब तथा धम्की दिई उम्मेद्वारी फिर्ता गर्न लगाएको भन्ने सूचना विभिन्न पत्रपत्रिका मार्फत जानकारीमा आएको छ। उम्मेदवारी फिर्ता लिने समयसीमा समाप्त भइसकेको अवस्थामा नेविसंघको तर्फबाट दर्ता गरिएका उम्मेदवारी कायम रहेको व्यहोरा अवगत गराउँदै भयरहित वातावरणमा नेविसंघको तर्फबाट सभापतिको उम्मेदवार बोनिस अधिकारीको प्यानललाई मतदान गरी अत्याधिक मतले विजयी गराउन आग्रह गर्दै कुनै धाक धम्की, प्रलोभनमा नपर्न पनि हार्दिक अपिल गर्न चाहान्छ ।’
नेविसंघबाट उम्मेदवार बनेकाहरु केही उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको भन्दै सामाजिक सञ्जालमा आएको थियो ।