दमाैली, ४ चैत । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले विद्यार्थी सङ्गठनका जायज मागहरुलाई सम्बाेधन गरिने बताएकाे छ । स्ववियु निर्वाचनकाे अघिल्लाे दिन साेमबार विज्ञप्ती जारी गरी क्याम्पसले स्ववियु निर्वाचनमा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेकाे छ ।
लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन भएकाले चैत ५ गते हुने निर्वाचनलाई निष्पक्ष र मर्यादित वातावरणमा शान्तपूर्वक सम्पन्न गर्न राजनैतिक दल, विद्यार्थी संघ/सङ्गठन, प्रशासनिक तथा शान्ति सुरक्षा सम्बद्ध निकाय, क्याम्पस सञ्चालक समिति, अभिभावक, विद्यार्थीहरु लगायत सरोकारवाला सबैसँग अनुराेध गरिएकाे क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले बताए ।