दमौली, ४ चैत । तनहुँको म्याग्दे गाउँपालिका–४ ओटाङ्दी स्थित कच्ची सडकखण्डमा सोमबार साँझ भएको ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–२ जामुने बस्ने ३० वर्षीय सुकबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ओटाङ्दीबाट पृथ्वीराजमार्गतर्फ आउँदै गरेको ग १ त ५६८९ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकमा पल्टन जाँदा ट्याक्टरमा सवार सहचालक विकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।
प्रहरीले ट्याक्टरका चालक ४० वर्षीय प्रकाश कुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।