दमौली । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान सुरु गरिएपछि चार विद्यार्थी संगठनले नाराबाजी गरेका छन् ।
क्याम्पस प्रशासनले बिहान ९ बजेदेखि मतदान सुरु गरेपछि अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल समाजवादी लगायतका चार विद्यार्थी संगठनले नाराबाजी गरेका हुन् ।
स्ववियु निर्वाचन प्रकृयामा धॉधली भएको भन्दै अनेरास्ववियुले उच्च अदालतमा रिट दर्ता गरेको र विभिन्न माग राखी अखिल क्रान्तिकारी लगायतका संगठनले तालाबन्दी गरेकामा पेलेरै क्याम्पस अगाडी बढेपछि विरोध प्रदर्शन गरिएको विद्यार्थी संगठनका नेताहरुको भनाइ छ ।