दमौली । स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व चयनका लागि तनहुँका तीन क्याम्पसमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । ऑबुखैरेनी क्याम्पस, जनज्योति क्याम्पस र भानुभक्त बहुमुखी क्याम्पसमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा भने नाराबाजीका बीचमा मतदान भइरहेको छ ।
शुक्लागण्डकीस्थित भानुभक्त बहुमुखी क्याम्पसमा अखिल र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धन चुनावी मैदानमा छ भने नेविसंघ एक्लै प्रतिस्पर्धामा उत्रिएको छ ।
भिमादस्थित जनज्योति क्याम्पसमा अखिल एक्लै प्रतिस्पर्धामा छ भने नेविसंघ, अखिल क्रान्तिकारीको गठबन्धन छ । ऑबुखैरेनी क्याम्पसमा तीन संगठन छुट्टाछुट्टै प्रतिस्पर्धामा छन् ।