दमौली । स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व चयनका लागि भएको निर्वाचन अन्तर्गत भिमादस्थित जनज्योति क्याम्पसमा ९४ प्रतिशत मत खसेको छ । मंगलबार दिउँसो ४ बजेसम्म मतदान समय तोकिएकामा ९४ प्रतिशत मत खसेको हो ।
क्याम्पसमा २५८ मतदाता रहेकामा २४४ मत खसेको छ । त्यसमध्ये १९७ छात्र र ४७ छात्रा छन् ।
क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियु (क्रान्तिकारी) बाट अध्यक्षमा अमृत गैह्रे, सचिवमा दिपा राना, कोषाध्यक्षमा कासिका राना, सदस्यहरुमा सिर्जना विक, रचना विक, विनिता नेपाली, दिविसा राना र कमल श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
अनेरास्ववियुबाट अध्यक्षमा विप्लव भण्डारी, सचिवमा अस्मिता क्षेत्री, कोषाध्यक्षमा यशुमाया थापा, सदस्यहरुमा सुजन पौडेल, साविया खातुन मिया, विष्णु उच्चै, विनिता रसाइली र ममता सिग्देलको उम्मेदवारी दर्ता भएको छ । स्वतन्त्रबाट अध्यक्षमा सुमन रतन प्रतिस्पर्धामा छन् ।