दमाैली, ५ चैत । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को गठबन्धन विजयी भएको छ । नेतृत्व चयनका लागि मङ्गलबार भएको मतदानबाट स्ववियु अध्यक्षमा अनेरास्ववियुका मिनबहादुर थापा विजयी भएका छन् ।
अध्यक्षमा विजयी थापाले एक सय २८ र प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका एजिना महतले एक सय पाँच मत प्राप्त गरेकाे निर्वाचन समितिका संयोजक निरोज भट्टराईले जानकारी दिए । क्याम्पसमा दुई सय दुई सय ६८ मध्ये दुई सय ४१ मत खसेको थियो ।
स्ववियु सचिवमा अखिल (क्रान्तिकारी) का विनिता भण्डारी एक सय १६ मत सहित विजयी भए । प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका सुनिल लामिछानेले एक सय नौ मत प्राप्त गरे ।
कोषाध्यक्षमा अनेरास्ववियुका पुष्पा खड्का एक सय ४५ मत सहित विजयी भए भने प्रतिस्पर्धी नेविसङ्घका रस्मिता कार्कीले ८७ मत प्राप्त गरे ।
सदस्यहरुमा अनेरास्ववियुका अविजित लम्साल एक सय ३३, अञ्जली विक एक सय १६, अखिल (क्रान्तिकारी) का निराज भण्डारी एक सय १६, नेपाल विद्यार्थी सङ्घका प्रतिक्षा गिरी एक सय १३ र नेविसङ्घकै स्वस्तिका सिग्देल एक सय १२ मत सहित विजयी भएका छन् ।