लायन्स क्लव अफ तनहुँ सत्यवतीको अध्यक्षमा सीता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लायन्स क्लव अफ तनहुँ सत्यवतीको अध्यक्षमा सीता

    खबरपुञ्ज संवाददाता

    ४ चैत्र २०८१, बुधबार

    दमौली, ६ चैत । लायन्स क्लब अफ तनहुँ सत्यवतीले लायन वर्ष २०२५/ २६ का लागि नयाँ पदाधिकारी चयन गरेको छ। क्लवको अध्यक्षमा सीता वैद्य ताम्राकार भएकी छन् ।

    क्लवकी अध्यक्ष पवित्रा खनालको अध्यक्षतामा आयोजित कार्यक्रमका लायन वर्ष २०२५/ २६ को अध्यक्षमा ताम्राकार सहित क्लबको प्रथम उपाध्यक्षमा गीता श्रेष्ठ, द्वितीय उपाध्यक्षमा रमा बराली र तृतीय उपाध्यक्षमा ईन्द्र कुमारी श्रेष्ठ चयन भएको निर्वाचन प्रवन्ध समितिका संयोजक एवं क्लवका पूर्व अध्यक्ष सुशीला शर्माले बताइन् ।

    त्यसैगरी क्लबको सचिवमा कल्पना भट्टराई, सहसचिवमा शर्मिला गौतम, र कोषाध्यक्षमा सुनिता (सिम्रन)चन्द सिम्रन चयन भएको बताइएको छ । क्लवको मेम्बरसीप चियर पर्सनमा पवित्र आले, क्लव सर्भिस चियर पर्सनमा धर्ती पाण्डे, टेमरमा लक्ष्मी लामिछाने श्रेष्ठ र क्लव डाइरेक्टरमा गुड्डी शाहा, लक्ष्मी पौडेल र आरती अर्याल चयन भएको बताइएको छ । ३१ सदस्य रहेको सो क्लवको अन्य पदका सदस्यहरु भने पछि चयन गरिने जनाइएको छ ।