दमौली, ७ चैत । व्यास नगरपालिकाका केही भागमा आज बिहीबार साढे चार घण्टा विद्युत अवरुद्ध हुने भएको छ।
दमौली सवस्टेशनको छाब्दी फिडरमा सव स्टेसन अटोमेशन आयोजनाबाट अटोमेशन जडान कार्य गर्न दिउँसो ११ बजेदेखि ३:३० बजेसम्म विद्युत अवरुद्ध हुन लागेको हो ।
दमौली सव स्टेशनको छाब्दी फिडरबाट आपूर्ति हुने दमौली बजार दक्षिण पट्टिका सम्पूर्ण क्षेत्रहरू वेलवास, गुदिफचेङ, पोखरीभञ्ज्याङ, छाब्दी, केशवटार, धवला, कोइदिम लगायतका स्थानहरूमा विद्युत सेवा बन्द रहने जनाइएको छ ।