दमौली, ८ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट लागु औषध सहित एक जना पक्राउ परेका छन् । पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले सवारी साधनहरु जॉच गर्ने क्रममा गोरखा नगरपालिका-६ बस्ने २५ वर्षीय अनिल भन्ने गणेश अधिकारीलाई लागु औषध सहित पक्राउ गरेको हो ।
अधिकारीको साथमा लुकाई छिपाई ल्याएको अवस्थामा ट्रामाडोल बरामद गरिएको प्रहरी निरीक्षक टेक प्रसाद सुबेदीले जानकारी दिए ।