स्ववियु निर्वाचन : पीएन क्याम्पसको मतगणना भोलि हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    स्ववियु निर्वाचन : पीएन क्याम्पसको मतगणना भोलि हुने

    खबरपुञ्ज संवाददाता

    ८ चैत्र २०८१, आईतवार

    पोखरा, १० चैत। पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत भएको मतदानपछि सर्वदलीय बैठक बसिएको छ । सर्वदलीय बैठकले मतगणना सोमबार (भोलि) बिहान ८ बजेबाट क्याम्पसमा सुरू हुने निर्णय गरेको छ ।

    आइतबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान भएको थियो । निर्वाचनमा ३१ प्रतिशत मत खसेको छ । देशकै बढी विद्यार्थी भएको क्याम्पसमा जम्मा दुईहजार ८९७ मत खसेको हो । निर्वाचनमा ६९ प्रतिशत विद्यार्थीले मत हालेनन् । यहाँ कुल नौ हजार २७० मतदाता थिए ।