दमौली, १६ चैत । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स दमौली शाखाले व्यास नगरपालिका-५ निवासी रवि सुनारलाई घातक रोग उपचार खर्च बापत रु दश लाख हस्तान्तरण गरेको छ ।
दुवै मृगौला फेल भएका सुनारलाई घात रोग उपचार खर्च बापतको रु दश लाख सहयोग गरिएको हो । बिमीत सुनारले दुई वर्ष अगाडी सुलभ जीवन बीमा गराएका थिए । निजको घरमै पुगेर शाखा प्रमुख जगदीश काफ्लेले उक्त रकमको चेक प्रदान गरेका थिए ।
मिर्गौला फेल भएपछि कागजपत्र पेश गरेको ११ दिनमा शाखाले दाबी भुक्तानी गरेको काफ्लेले जानकारी दिए ।
जीबन बीमा मानव जीवनको आर्थिक पक्ष सुधार गर्ने धेरै बलियो आधार भएकाले सबैले जीवन बीमा गर्नुपर्ने काफ्लेको भनाइ छ ।