स्वास्थ्य सेवा सुदृढ गर्न अस्पतातहरुको स्तरोन्नति : मन्त्री पाठक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    स्वास्थ्य सेवा सुदृढ गर्न अस्पतातहरुको स्तरोन्नति : मन्त्री पाठक

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०८१, शनिबार

    दमौली, १६ चैत । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालहरुको स्तरोन्नति अपरिहार्य रहेको बताएका छन् ।

    आँबुखैरेनी गाउँपालिकाको तनहुँमा रहेको आँबुखैरेनी अस्पतालमा फिजिओथेरापी सेवाको उद्घाटन गर्दै मन्त्री पाठकले भने, ‘गुणस्तरिय स्वास्थ्य सेवा दिन अस्पतालहरुको सुदृढीकरण गर्न अस्पतालहरुको स्तरोन्नति अपरिहार्य छ ।’

    अब प्रदेश मातहतका सबै अस्पतालहरुलाई आफ्नै आम्दानीको श्रोतबाट चल्न सक्नेगरी सुदृढ गर्न गण्डकीको स्वास्थ्य मन्त्रालयले तयारी गरिरहेको समेत मन्त्री पाठकले जानकारी दिए । प्रदेश मातहतका सबै अस्पतालहरुको वार्षिक आमदानी करिब ७० करोड हुने गरेकोमा अब गरिने स्तरोन्नति पश्चात आम्दानी तिनगुना वृद्वि हुने पनि उनको भनाई थियो ।

    अब स्थानीय तहमा संचालित अस्पतालहरुले पनि आफ्नै आम्दानीको श्रोतबाट चल्न सक्नेगरी योजना बनाउनुपर्ने पाठकको आग्रह थियो ।