दमौली, १६ चैत । लियो क्लव अफ तनहुँको अध्यक्षमा रविन श्रेष्ठ चयन भएका छन् । क्लवको शनिबार सम्पन्न साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयॉ समिति चयन भएको छ।
क्लवको प्रथम उपाध्यक्षमा मुकेश बिडारी, द्वितीय उपाध्यक्षमा राम श्रेष्ठ, सचिवमा अन्जना पन्थ, कोषाध्यक्षमा सागर श्रेष्ठ चयन भएका छन् ।