पत्रकार रजकको हत्यामा संलग्नलाई कारवाही गर्न माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पत्रकार रजकको हत्यामा संलग्नलाई कारवाही गर्न माग

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०८१, शनिबार

    दमौली, १६ चैत । नेपाल पत्रकार महासंघ तनहुँले काठमाडौको तीनकुनेमा चैत १५ गते राजावादी समूहको आन्दोलनका क्रममा भएको आगजनीबाट एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्या भएको भन्दै घटनामा संलग्नलाई कारवाही माग गरेको छ।

    शाखाले शनिबार प्रेस विज्ञप्ती जारी घटनामा संलग्नलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेको हो।

    जनताका सूचनाका पहरेदार एक जुझारु सञ्चारकर्मीले जिउँदै जलेर ज्यान गुमाउनुपर्ने अवस्था आउनु र आन्दोलनका नाममा उच्छृङ्खल समूहबाट सञ्चारगृहमाथि आक्रमण हुनु दुःखद र निन्दनीय रहेको विज्ञप्तीमा उल्लेख छ।

    विज्ञप्तीमा भनिएको छ, ‘मुलुकको सङ्घीय व्यवस्थामाथि नै प्रहार गर्ने गरी सञ्चारगृह र सञ्चारकर्मीमाथि भएका यस्ता हर्कतको महासङ्घ तनहुँ शाखा भत्र्सना गर्दछ । साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछौ । यस दुःखद घडिमा दिवङ्गत पत्रकार सुरेश रजकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौ ।’

    नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार चैत १७ गते आइतबार पत्रकारहरुलाई कालोपट्टि बाँधेर काम गर्न आव्हान गरेबमोजिम जिल्लाका पत्रकारहरुले पनि सोही बमोजिम कालोपट्टि बाँधेर काम गर्न तनहुँ शाखाले अनुरोध गरेको छ।