नेपाल बारकाे चुनावमा तनहुँबाट ५९ मत खस्याे, आठ कानुन व्यवसायी भाेट हाल्न आएनन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    नेपाल बारकाे चुनावमा तनहुँबाट ५९ मत खस्याे, आठ कानुन व्यवसायी भाेट हाल्न आएनन्

    खबरपुञ्ज संवाददाता

    २१ चैत्र २०८१, शनिबार

    दमौली, २३ चैत । नेपाल बार एसोसिएसन २७ औ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि तनहुँ मतदान केन्द्रबाट ५९ मत खसेकाे छ । तनहुँ जिल्ला अदालत बार इकाइ मतदान केन्द्रमा तनहुँ सहित गाेरखा र लमजुङका मतदाताले मतदान गर्ने व्यवस्था मिलाइएकाे थियाे ।

    तीन जिल्लाका ६७ मतदातामध्ये आठ जना मतदान गर्न नआएकाे तनहुँ बार एकाइका अध्यक्ष डम्बरदेव हड्खलेले जानकारी दिए । उनका अनुसार मतदानमा गाेरखा र लमजुङका एक/एक र तनहुँका ६ जना मतदाता अनुपस्थित रहे । मतपत्र पाेखरा हुँदै काठमाडाै पठाइएकाे उनले जानकारी दिए । तनहुँमा ४८, गोरखामा नौ र लमजुङमा दश जना मतदाता थिए ।

    बार एसोसिएसनको निर्वाचनमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।