बन्दीपुर केबलकारले तीन पत्रकार पुरस्कृत गर्ने, छनोट समिति गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर केबलकारले तीन पत्रकार पुरस्कृत गर्ने, छनोट समिति गठन

    खबरपुञ्ज संवाददाता

    २३ चैत्र २०८१, सोमबार

    दमौली, २५ चैत । पहाडकी रानी उपमाले परिचित पर्यटकीय ग्राम बन्दीपुरमा सञ्चालित बन्दीपुर केवलकार एण्ड टुरिज्म लिमिटेडले तनहुँ जिल्लाको पर्यटन विकास र उद्यमशिलता प्रबर्धनको क्षेत्रमा कलम चलाई योगदान गरे बापत तीन जना पत्रकारहरुलाई सम्मान गर्ने भएको छ ।

    कम्पनीको आगामी वैशाख ६ गते शनिवारका दिन आयोजना हुने चौथो साधारणसभामा छनोट भएका तीन जना पत्रकारहरुलाई जनही नगद रु ५१ हजार दरले पुरस्कार राशी र दोसल्ला एवं सम्मानपत्रले सम्मान गरिने भएको छ ।

    उद्यमशिलताको क्षेत्रमा कलम चलाएका पत्रकारहरुको छनोट गर्नको लागि सञ्चालक तारानाथ उपाध्यायको संयोजकत्वमा तीन सदस्य समिति बनाईएको कम्पनीले जनाएको छ ।

    समितिले छनोटको मापदण्ड पुरा गरि पुरस्कार दिन योग्य पत्रकारहरु छनोट गरि कम्पनीको बोर्ड समक्ष सिफारिस गर्ने उपाध्यायले जानकारी दिए ।

    प्रत्येक वर्ष साधारण सभाको अवसरमा कम्पनीले यस प्रकारको पुरस्कारले पत्रकारहरुलाई सम्मान गर्दै आईरहेको छ । उद्यमशिलता नै समाजको असली पहरेदार एवं प्रगतिको चालक हो र यसको लागि पत्रकारको कलमले थप सम्मान पाएको अनुभूति गर्न पाओस भन्नको खातिर निरन्तर सम्मान गर्ने गरेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए ।