शुक्लागण्डकीमा जनतासँग माओवादी जागरण अभियानसँगै भेला र प्रशिक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा जनतासँग माओवादी जागरण अभियानसँगै भेला र प्रशिक्षण

    खबरपुञ्ज संवाददाता

    २३ चैत्र २०८१, सोमबार

    दमौली, २५ चैत ।जनतासँग माओवादी जागरण अभियान अन्तर्गत शुक्लागण्डकीमा आइतवार नगरस्तरीय भेला एवं प्रशिक्षण कार्यक्रम गरिएको छ ।

    नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीको आयोजनामा शुनपा–२ मा भएको भेलालाई सम्बोधन गर्दै नेकपा माओवादीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज हरिराज अधिकारी कुमारले पार्टीलाई सुदृढ बनाएर आगामी निर्वाचनमा पहिलो बन्ने गरी तयारी गर्न आग्रह गरे ।

    केन्द्रीय सदस्य एवम् प्रदेश सहइन्चार्ज हरि बहादुर चुमानले गणतन्त्रको रक्षाको लागि पार्टी एक हुनुपर्नेमा जोड दिए । उनले सर्वसाधारणको घरमा गएर उनीहरुको साथमा रहन कार्यकर्तालाई निर्देशन दिए ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय स्कुल विभागका सदस्य मनहरी तिमिल्सेनाले पार्टीको वर्तमान अवस्था नेता कार्यकर्ताको भूमिका र डिजिटल सामग्रीहरूको उचित प्रयोग लगायतका विषयमा सहजिकरण गरेका थिए ।

    नगर कमिटी अध्यक्ष शरण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज आशा कोइराला, केन्द्रीय सदस्य ओम कुमारी पौडेल, शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुम बहादुर विक राजु, ऑबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, नगर कमिटी उपाध्यक्ष रामचन्द्र भण्डारी, सचिव सरोज पौडेल लगायतले बोलेका थिए ।