शिक्षकको माग पूरा गरी कार्यस्थलमा फर्किने वातावरण बनाउन चुमानको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    शिक्षकको माग पूरा गरी कार्यस्थलमा फर्किने वातावरण बनाउन चुमानको आग्रह

    खबरपुञ्ज संवाददाता

    २५ चैत्र २०८१, बुधबार

    दमौली, २७ चैत । ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शिक्षा ऐन जारी गरी आन्दोलनरत शिक्षकलाई कार्यस्थलमा फर्किने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।

    चुमानले बुधबार प्रेस विज्ञप्ती जारी गरी शिक्षक तथा कर्मचारीका संविधान सम्मत् मागहरुलाई सम्बोधन गरी विद्यालय शिक्षा सम्बन्धी संवैधानिक प्रावधान र सरकारले गरेका सम्झौता एवं प्रतिबद्धताहरुलाई कार्यान्वयन गर्दै समयानुकूल र बालबालिकाको हित अनुकूल हुने गरी विद्यालय शिक्षा ऐन जारी गरी शिक्षक तथा कर्मचारीलाई उच्च मनोबलका साथ आफ्नो कर्मथलो फर्कने उचित वातावरण निर्माण गर्न माग गरेका हुन् ।

    शिक्षकहरु आन्दोलनमा उत्रिदा गाउँपालिकाका विद्यालयहरुमा शैक्षिक शत्र २०८२ का भर्ना अभियान लगायतका शैक्षिक गतिविधि तथा पठन-पाठनका कार्यहरु प्रभावित भएको बताउँदै उनको भनाइ छ ।