दमाैली, २७ चैत । तनहुँका पाँच र नवलपुरका दुई स्थानीय तहमा दुई दिन दैनिक नाै घण्टा विद्युत अवरुद्ध हुने भएकाे छ ।
दमौली-भरतपुर १३२ के. भि. लाईनको स्तोरन्नती कार्यका लागि दमौली सवस्टेशनमा दमौली खैरेनीटार ३३ के.भि. लाईन बन्द गरि कार्य गर्नुपर्ने भएकाले चैत २८ र २९ गते बिहान ८:०० बजे देखि बेलुकी ५:०० बजे सम्म लाईन बन्द हुने जनाइएकाे छ ।
उक्त समयमा तनहुँकाे शुक्लागण्डकी, भिमाद, म्याग्दे, ऋषिङ, घिरिङ, बौदीकाली र बुलिङटारको विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रले जनाएकाे छ ।