काठमाडौ, २८ चैत । युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा बार्सिलोनाले डर्टमन्डमाथि सानदार जित निकालेको छ।
क्वार्टरफाइनलको पहिलो लेग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले डर्टमन्डलाई उसकै घरमा ४-० गोलले पराजित गरेको हो।
डर्टमन्डविरूद्धको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे। खेलको २५ मिनेटमा राफिन्हाको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो।
त्यसपछि तीनै गोल दोस्रो हाफमा भएको थियो। दोस्रो हाफको ४८ र ६६ मिनेटमा लेवान्डोस्कीले गोल गरे।
७७ मिनेटमा लामिन यमालको गोल निर्णायक बन्दा बार्सिलोनाले पहिलो लेगमा बलियो नतिजा ल्याएको हो।
दोस्रो लेग अप्रिल १६ मा हुनेछ।