ऋषिङका सहिद परिवार र स्थानीयसँग भेटघाट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङका सहिद परिवार र स्थानीयसँग भेटघाट

    खबरपुञ्ज संवाददाता

    २६ चैत्र २०८१, बिहीबार

    दमाैली, २८ चैत । तनहुँको ऋषिङ गाउँपालिकाका सहिद परिवार र स्थानीयसँग नेकपा माओवादी केन्द्रका नेताहरुले भेटघाट गरेका छन् । बिहीबार नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य आशा कोईराला, ओमकुमारी पौडेल, जिल्ला संयोजक पारस गौली लगायत नेता कार्यकर्ताले विभिन्न स्थानमा पुगेर सहिद परिवारलाई भेटेका छन् ।

    ऋषिङ–७ कोटदरबारमा रहेको शहीद पार्कमा रहेका शालिकमा पुष्प अर्पणसमेत गरिएको थियो । सो अवसरमा सम्बोधन गर्दै नेता कोईरालाले जनताको त्याग र बलिदानले नै देशमा गणतन्त्र आएको बताइन् । राजाको वरिपरि बसेर सत्तामा हालीमुहाली गरेकाले गणतन्त्र नरुचाएको उनले आरोप लगाइन् । यो व्यवस्थालाई बलियो बनाएर कार्यन्वयन गर्नुको विकल्प नभएको उनको भनाइ छ ।

    भेटघाटको क्रममा स्थानीयले खानेपानीको अभाव झेलेकाले समस्या समाधान गर्नका लागि आग्रह गरेका थिए । सहिद पार्कको व्यवस्थापन गर्नुपर्नेमा उनीहरुको जोड थियो ।