शुक्लागण्डकीमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु

    खबरपुञ्ज संवाददाता

    २७ चैत्र २०८१, शुक्रबार

    दमाैली, २९ चैत । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा आज भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–५ थाङ्दी बस्ने ३९ वर्षीय रेशम विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    दुलेगौडाबाट पोखरातर्फ जाँदै गरेको लु ५७ प ०२६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा घाइते विकलाई उपचारका लागि जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए।