दमाैली, ३१ चैत । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल व्यास नगर एकाईको आयोजनामा नयाँ वर्ष २०८२ काे स्वागतमा तनहुँकाे सदरमुकाम दमौलीमा आइतबार साँझ दीप प्रज्वलन गरिएकाे छ ।
परिषद्की सदस्य आराधना थापाको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेश व्यवस्था प्रमुख भाग्यशाली ढुंगाना, प्राज्ञिक विद्यार्थी परिषद्का सल्लाहकार एवं हिन्दु स्वयंसेवकका अध्यक्ष नन्दन श्रेष्ठ, सत्यवती माविका शिक्षक प्रमाेद न्याैपाने, युवा अभियान्ता सुदीप गफ्फार लगायतकाे उपस्थिति थियाे ।
कार्यक्रमलाई सम्बोधन गर्दै ढुंगानाले अहिलेका युवा पुस्तामा नेपाली मौलिकता हराउँदै जान थालेकाले परिषद्ले युवा पुस्तामा नेपाली मौलिकता झल्किने कार्यक्रम गर्दै आएकाे बताए ।
कार्यक्रम सहजिकरण परिषद्का गण्डकी प्रदेश मिडिया प्रमुख एवं व्यास नगर एकाईका नगर सचिव आकाश विकले गरेका थिए ।