गाेरखा, १ वैशाख । गोरखा बजारमा आज भएको मोटरसाइकल दुर्घटनामा परी १ जनाको ज्यान गएको छ भने अर्का १ जना गम्भिर घाइते भएका छन् ।दुर्घटनमा भिमसेन थापा गाउँपालिका-६ अश्राङ बस्ने केशव पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी सरोज कार्कीले जानकारी दिए ।ज्यान गुमाउने पाण्डे मोटरसाइलक चालक हुन् ।
सोही दुर्घटनामा परी सोही स्थानका रबिन पाण्डे घाइते भएका हुन्। उनको गोरखा अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौँ लगिएको छ ।दिउसो १ः१५ बजेको समयमा काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको बा ८८ प ९७६२ नम्बरको मोटरसाइकल गोरखा नगरपालिका–९ को ठिगुरेश्वारामा दुर्घटनामा परेको थियो ।मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको गोरखा प्रहरीले जानकारी दिएको छ ।