पेट्रोल, डिजेल र मट्टीतेलमा तीन रुपैयाँ घट्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पेट्रोल, डिजेल र मट्टीतेलमा तीन रुपैयाँ घट्यो

    खबरपुञ्ज संवाददाता

    १ बैशाख २०८२, मंगलवार

    काठमाडाै, २ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो।

    निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले बुधबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो।

    भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ।