दमौली, ३ वैशाख । नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्व उपसभापति मोतिकुमार श्रेष्ठको निधनमा बुधबार सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेपनि व्यास-४ वडा समितिले भने त्यसलाई चुनौति दिएको छ ।
श्रेष्ठको निधनमा बुधबार पार्टी कार्यालय बन्द गरी तीन दिन झण्डा झुकाउने, पार्टी एवं भातृ र शुभेच्छुक संस्थाले आयोजना गर्ने सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको पार्टी सभापति जितप्रकाश आलेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
तर व्यास-४ वडा समितिले भने नयॉ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। सो कार्यक्रममा पार्टीका निवर्तमान सभापति वैकुण्ठ न्यौपाने, पूर्व सभापति रघुनाथ पौडेल, सचिव लक्ष्मीभक्त खनाल लगायत सहभागी भएका छन् ।