रियाललाई घरमै हराउँदै आर्सनल १६ वर्षपछि सेमिफाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    रियाललाई घरमै हराउँदै आर्सनल १६ वर्षपछि सेमिफाइनलमा

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०८२, बिहीबार

    काठमाडौं, ४ वैशाख । साविक विजेता समेत रहेको रियाल मड्रिडविरुद्ध दोस्रो लेगमा २–१ को जित निकाल्दै इंग्लिस क्लब आर्सनलले १६ वर्षपछि यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ । आर्सनलले यसअघि सन् २००८–०९ को सिजन च्याम्पियन्स लिगमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । 

    बुधबार राति सान्टियागो बर्नबेउमा भएको खेलमा पाहुना टिमलाई जित दिलाउन बुकायो साका र ग्याब्रियल मार्टिनेलीले गोल गरे । घरेलु टिमका भिनिसियस जुनियरले एक गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । आर्सनलले समग्रमा ५–१ को जित निकाल्दै अन्तिम–४ को यात्रा तय गरेको हो । यसअघि पहिले लेगमा आर्सनल ३–० ले विजयी भएको थियो । 

    बर्नबेउमा बुकायो साकाले ६५औँ मिनेटमा गोल गर्दै आर्सनललाई अग्रतामा राखेका थिए । तर, त्यसको दुई मिनेटपछि नै रियाल खेलमा फर्कियो । पाहुना टिमका रक्षकबाट भएको गम्भीर गल्तिको फाइदा उठाउँदै भिनिसियसले रियाललाई खेलमा फर्काए । 

    इन्जुरी समयमा मार्टिनेलीले गोल गरेपछि भने रियालको खेलमा फर्किने सम्भावना समाप्त भएको हो ।

    त्यसअघि खेलको १३औँ मिनेटमा आर्सनलले पेनाल्टी पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । रियालका राउल असेन्सियोले मिकेल मेरिनोमाथि १८ यार्ड बक्सभित्र फाउल गर्दा आर्सनलले पेनाल्टीको अवसर पाएको थियो । तर, बुकायो साकाको प्रहारलाई रियालका गोलकिपर थिबाउट कोर्टुवाले विफल बनाए । 

    यो जितसँगै १६ वर्षपछि सेमिफाइनल प्रवेश गरेको आर्सनलले अब अन्तिम–४ मा पेरिस सेन्ट जर्मन (पीएसजी) विरुद्ध प्रतिस्पर्धा गर्नेछ । पीएसजीले यसअघि एस्टन भिल्लाविरुद्ध समग्रमा ५–४ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।