बन्दीपुर अस्पतालमा गुनासो सुन्ने अधिकारी, प्रवक्ता र सूचना अधिकारी तोकिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर अस्पतालमा गुनासो सुन्ने अधिकारी, प्रवक्ता र सूचना अधिकारी तोकिए

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०८२, बिहीबार

    दमौली, ४ वैशाख । बन्दीपुर अस्पतालले गुनासो सुन्ने अधिकारी, प्रवक्ता र सूचना अधिकारी तोकेको छ । अस्पतालले बिहीबार तीन जनालाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।

    अस्पतालका मेडिकल अधिकृत डा. केविन पौडेललाई गुनासो सुन्ने अधिकारीको जिम्मेवारी दिइएको अस्पताल प्रमुख मेसु डा. अनिल गिरीले जानकारी दिए ।

    त्यस्तै सिअहेव अन्जिर भट्टराईलाई प्रवक्ता तोकिएको छ । अस्पतालका नर्सिङ अधिकृत हेमुकुमारी श्रेष्ठलाई सूचना अधिकारीको जिम्मेवारी तोकिएको छ ।