बन्दीपुर अस्पतालको सेवा सुधार गर्ने अभियानमा गिरी, फार्मेसी अब २४ सै घण्टा खुल्ला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर अस्पतालको सेवा सुधार गर्ने अभियानमा गिरी, फार्मेसी अब २४ सै घण्टा खुल्ला

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०८२, शुक्रबार

    दमौली, ५ वैशाख । बन्दीपुर अस्पतालको फार्मेसी सेवा २४ सै घण्टा सञ्चालन हुने भएको छ । अस्पतालको सेवा सुधार गर्ने अभियान अन्तर्गत चैत २५ गतेदेखि फार्मेसी, काउण्टर, बिलिङ र औषधि वितरण २४ सै घण्टा खुल्ला गरिएको हो ।

    हालैमात्र अस्पतालको प्रमुखको रुपमा आएका डा. अनिल गिरीले अस्पताल सुधारको अभियान अगाडी बढाएका छन् । यसअघि विभिन्न अस्पतालमा कार्यरत रहँदा त्यहॉका अस्पताल सुधारमा उनले प्रशंसा कमाएका थिए ।

    अस्पतालले नयॉ वर्षदेखि नै बहिरङ्ग (ओपिडी) सेवा विस्तार गरेको छ । अब बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म निःशुल्क ओपिडी सेवा सञ्चालन हुने डा. गिरीले जानकारी दिए । बन्दीपुर गाउँपालिकाको चैत ३० गतेको निर्णय अनुसार अस्पतालमा शनिबार र सार्वजनिक बिदाका दिनमा समेत निःशुल्क ओपिडी सेवा सञ्चालन हुने गिरीले जानकारी दिए ।

    नेपाल सरकारको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रम अनुसार बहिरङ्ग सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य सञ्चालन हुने व्यवस्था बमोजिम अस्पतालमा समेत सेवा विस्तार गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।