दमौली, ६ वैशाख । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको आज शनिबार चौथो साधारणसभा हुँदैछ । बन्दीपुर गाउँपालिका-४ ठूल्ढुंगास्थित तल्लो स्टेशनमा कार्यक्रमको आयोजना गरिएको छ ।
साधारणसभामा तनहुँ-१ का प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्ले, राष्ट्रिय सभा प्रमुख सचेतक भगवती न्यौपाने, गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर चुमान लगायतको उपस्थिति रहने जनाइएको छ ।
साधारणसभाको अवसरमा तनहुँका तीन पत्रकारलाई जनही रु ५१ हजार नगद सहित पुरस्कृत गरिदैछ । पुरस्कृत हुनेमा प्रकाशचन्द्र भट्टराई, डिपी अधिकारी र सानेबहादुर नेपाली छन् ।