बन्दीपुर केबलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट अधिकारी, भट्टराई र नेपाली पुरस्कृत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर केबलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट अधिकारी, भट्टराई र नेपाली पुरस्कृत

    खबरपुञ्ज संवाददाता

    ५ बैशाख २०८२, शनिबार

    दमौली, ६ वैशाख । तनहुँको बन्दीपुरमा सञ्चालित बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले स्थापना गरेको बन्दीपुर केबलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट डिपी अधिकारी, प्रकाशचन्द्र भट्टराई र सानेबहादुर नेपाली पुरस्कृत भएका छन् ।

    लिमिटेडको शनिबार आयोजित चौथौ साधारणसभाका अवसरमा तीन जनालाई पुरस्कृत गरिएको हो । उनीहरुलाई जनही रु ५१ हजार, दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरिएको छ।

    कार्यक्रमका प्रमुख अतिथि तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्ले, प्रदेश सभा सदस्य हरिबहादुर चुमान र लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले उनीहरुलाई पुरस्कृत गरेका थिए ।

    उद्यमशीलताको क्षेत्रमा कलम चलाएका पत्रकारहरुको छनोट गर्नको लागि सञ्चालक तारानाथ उपाध्यायको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएकाे थियाे । साे समितिले छनोटको मापदण्ड पूरा गरी पुरस्कार दिन योग्य पत्रकारहरु छनोट गरि कम्पनीको बोर्ड समक्ष सिफारिस गरेकाे थियो ।

    तनहुँ जिल्लाको पर्यटन विकास र उद्यमशिलता प्रबद्र्धनको क्षेत्रमा कलम चलाई योगदान गरे बापत तीन जना पत्रकारहरुलाई पुरस्कृत गरिएको हो ।