दमौली, ६ वैशाख । तनहुँको व्यास नगरपालिका-१२, १३ र १४ मा परम्परागत बालन रीतिरिवाज र वार्षिक पूजा सम्पन्न भएको छ।
स्थानीय युवा र पाका पुस्ताको सहभागितामा पुरानो संस्कार नयाँ पुस्तालाई सिकाउँदै सांस्कृतिक संरक्षणको उदाहरण प्रस्तुत गरिएको स्थानीय युवा अविनाश पन्थले बताए ।
कार्यक्रममा सामूहिक भोजन, पूजा र परम्परागत अभ्यासहरू समावेश गरिएको थियो ।