प्रशासनको सेवामा सुधार थालेका प्रजिअ थापाको सरुवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रशासनको सेवामा सुधार थालेका प्रजिअ थापाको सरुवा

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०८२, मंगलवार

    दमौली, १६ वैशाख । जिल्ला प्रशासन कार्यालय तनहुँको सेवामा सुधार थालेका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको सरुवा भएको छ । प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाले लगत्तै सेवा प्रवाहमा सुधार गरेका उनलाई गृह मन्त्रालयले रामेछापको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको हो ।

    सामान्यतय एक वर्षसम्म कार्यरत रहने प्रमुख जिल्ला अधिकारीको सात महिनामा सरुवा हुँदा के कारणले सरुवा भयो भन्ने चौतर्फी चासो बढेको छ । स्रोतका अनुसार राजनीतिक दबाबका कारण थापाको सरुवा भएको बताइन्छ । तनहुँमा राजनीतिक दबाब झेल्न पर्ने हुँदा प्रमुख जिल्ला अधिकारी भएर आउन कर्मचारी असजिलो महशुस गर्ने गरेका छन् ।

    देशभरका जिल्ला प्रशासन कार्यालयमध्ये ६९ औं स्थानमा रहेको तनहुँ प्रशासन थापाले कार्यभार सम्हालेपश्चात् २३ औं स्थानमा पुगेको छ । गृहमन्त्रालयकै मूल्याङ्कनमा उत्कृष्ट स्थानमा ल्याउन सफल थापा भने सुधारका कामलाई बीचमै छाडेर सरुवा हुनुपरेको छ । थापाले सुरुवात गरेको सुधारका कामलाई अब आउने प्रजिअले निरन्तरता दिनुपर्ने चुनौती छ ।

    लामो समयदेखि प्रशासन कार्यालयमा थन्किएर बसेका राष्ट्रिय परिचयपत्र सम्बन्धित स्थानीय तहबाटै वितरणको थालनी प्रजिअ थापाले गरेका थिए । जनताका गुनासो सुनुवाइका लागि क्युआर कोडको थालनी थापाकै कार्यकाल अवधिमा सुरु भएको थियो । अशक्त, अपाङ्गता भएकालाई घरमै पुगेर नागरिकता वितरण लगायतका कामले थापाले जिल्लामा जनताको प्रशंसा कमाएका थिए ।