दमौली, १६ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित माथिल्लो किमलडॉडामा रोकिराखेको एक्साभेटरमा मंगलबार बिहान आगजनी भएको छ ।
चिनियॉ कम्पनीले बाटो मर्मतका लागि नदीजन्य पदार्थ सङ्कलन गरी राखेको स्थानमा रोकिराखेको बा २ क ८५१८ नम्बरको एक्साभेटरमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आगजनीको खबर लगत्तै इलाका प्रहरी कार्यालय बेलचौतारा प्रहरी निरीक्षक पोषण थापाको नेतृत्वमा १३ जनाको टोलीले आगजनी नियन्त्रणमा लिएको थियो । शुक्लागण्डकी नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगजनी गर्नेको पहिचान नखुलेको र खोजी भइरहेको प्रहरी निरीक्षक थापाले बताए ।