व्यास नगरपालिकामा गरिब परिवार पहिचान गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकामा गरिब परिवार पहिचान गरिने

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०८२, मंगलवार

    दमाैली, १६ वैशाख । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले गरिब परिवार पहिचान गर्ने भएको छ । नगरभित्रका १४ वटै वडामा बसोबास गर्ने गरिब परिवारको पहिचानका लागि नगरपालिकाले सङ्कलक परिचालन गर्न लागेको हो ।

    गरिब परिवार पहिचान गरी सेवा सुविधा प्रदान गर्ने उद्धेश्यसहित वैशाख २० गतेदेखि घरदैलोमा सङ्कलकहरुलाई परिचालन गर्न लागिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केदारराज आचार्यले जानकारी दिए ।

    उनले भने, “सबै वडाका घरघरमा पुगेर गरिब परिवारको पहिचान गरिनेछ । त्यसका लागि सङ्कलकहरुलाई अभिमुखीकरण गरिसकिएको छ । यस कार्यक्रमको कार्यान्वयनबाट गरिब परिवारहरुलाई राज्य तथा नगरपालिकाबाट उपलब्ध हुने सेवा, सुविधा प्राप्त हुनुका साथै समग्र नगरपािलकाको गरिबी निवारण तथा समावेशी विकास निर्माणमा सहयोग पुग्ने विश्वास लिएका छौ ।”