म्याग्देमा प्रथम छङ्गेली कप भलिबल वैशाख २६ देखि, प्रथम पुरस्कार एक लाख एक हजार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    म्याग्देमा प्रथम छङ्गेली कप भलिबल वैशाख २६ देखि, प्रथम पुरस्कार एक लाख एक हजार

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०८२, मंगलवार

    दमौली, १६ वैशाख । म्याग्दे गाउँपालिका-४ र ५ छाङ युवा सञ्जालको आयोजनामा वैशाख २६ गतेदेखि प्रथम छङ्गेली कप वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

    मंगलबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी सञ्जालले प्रतियोगिताबारे जानकारी गराएको हो ।

    ‘कला संस्कृति र खेलकुदको प्रबर्धन, हाम्रो गाउँ हाम्रो ठाउँ छाङ हाम्रो पहिचान’ भन्ने नाराका साथ वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो।

    रित्तिदै गएको छाङ गाउँको पुनजागरण गर्न र छाङको आन्तरिक पर्यटन प्रबर्धनका लागि प्रतियोगिता आयोजना गरिएको छाङ युवा सञ्जालका अध्यक्ष भक्तबहादुर गुरुङ (निशान) ले जानकारी दिए ।

    प्रतियोगितामा १५ टिमको सहभागिता रहने अनुमान गरिएको छ । म्याग्देभित्रका वडालाई टिम दर्ताका लागि रु दुई हजार पॉच सय र बाहिरका लागि रु पॉच हजार शुल्क तोकिएको उनको भनाइ छ ।

    प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाले रु एक लाख सहयोग गरेको छ भने अन्य दाताबाट सहयोगको प्रतिबद्धता व्यक्त भएको छ ।

    प्रतियोगिता संयोजक गौरवराज रानाले अवसरको खोजीमा छाङका स्थानीय शहर झर्दै गएको र खेलकुदको माध्यमबाट गाउँ उक्लिने वातावरण सिर्जना गर्न खोजिएको बताए । उनले भने, ‘शिक्षा, व्यवसाय, रोजगारको खोजीमा स्थानीय शहर झरे, खेलकुदको माध्यमबाट गाउँ उक्लिने वातावरण बनाउन खोजेका हौ ।’

    प्रतियोगितामा विजेतालाई रु एक लाख एक हजार र उपविजेतालाई रु ५० हजार पॉच सय नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै सेमिफाइनलका दुई टिमलाई रु १५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।