दमाैली, १६ वैशाख । इलाका प्रहरी कार्यालय आँबुखैरेनीले कर छली ओसारपसार गरिएका सामग्री नियन्त्रणमा लिएको छ । कार्यालयले आँबुखैरेनी गाउँपालिका–२ ट्राफिक पोष्ट र बन्दीपुर गाउँपालिका–१ बाट कवाड सामानहरु नियन्त्रणमा लिई कारवाहीका लागि सम्बन्धित निकायमा पठाएको हो ।
सवारी साधन जाँच गर्ने क्रममा ग २ ख १७६६ नम्बरको ट्रकलाई नियन्त्रणमा लिई कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय गोरखा कारवाही पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए। उक्त ट्रकका सम्बन्धित व्यवसायीलाई रु एक लाख ७४ हजार ९६ जरिवाना भएको छ ।
त्यस्तै बन्दीपुर गाउँपालिका–१ बाट ना ८ ख ६५७९ नम्बरको ट्रक नियन्त्रणमा लिएर कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय वीरगञ्ज पठाइएकामा रु ३५ हजार जरिवाना भएको प्रनाउ थापाले बताए।