काठमाडौं, १६ वैशाख । शिक्षक महासङ्घ र सरकारबीचको वार्ता शिक्षा मन्त्रालय सुरु भएको छ । महासङ्घको आन्तरिक बैठक लम्बिँदा सरकारसँगको पूर्वनिर्धारित वार्तामा केहि समय ढिलाइ भएको बताइएको छ । वार्ताका लागि महासंघको टोली मन्त्रालय पुगेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको रोहबरमा शिक्षक महासंघका प्रतिनिधिहरूबीच मन्त्रालयमा वार्ता भइरहेको छ ।
सोमबार राति सरकार र शिक्षक महासङ्घबीच भएको वार्ता सकारात्मक भएको बताइएको थियो। आज सहमति हुने अपेक्षा गरिएको छ ।