दमौली, १७ वैशाख । तनहुँमा वैशाख २५ गतेदेखि ३१ गतेसम्म ट्राफित सप्ताह मनाइने भएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना जगाउने उद्धेश्य सहित ट्राफिक प्रहरी कार्यालय तनहुँले ट्राफिक सप्ताह मनाउन लागेको हो ।
ट्राफिक सप्ताहका क्रममा ग्रामीण सडक लक्षित प्रशिक्षण, स्वास्थ्य परीक्षण, सडक प्रयोगकर्ताका लागि प्रशिक्षण लगायत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रहरी निरीक्षक कृष्ण चन्दले जानकारी दिए ।