काठमाडौ, १७ वैशाख । नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रम स्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको हो ।
सादा पोशाकका प्रहरी प्रज्ञा भवनमा पुगेका प्रहरीले अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा उनलाई पक्राउ गरिएको एक प्रहरी उच्च अधिकारीले जानकारी दिएका छन् ।