दमौली, १७ वैशाख । म्याग्दे गाउँपालिकाले सामाजिर सुरक्षा कोषमा सूचीकृत हुन संस्थागत विद्यालय, सहकारी संस्था लिमिटेड र व्यापारिक औद्योगिक प्रतिष्ठानलाई आग्रह गरेको छ
प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बुधबार सूचना जारी गरी न्यूनतम पारिश्रमिक कार्यान्वयन तथा सामाजिक सुरक्षा कोषमा सूचीकृत भई योगदान रकम जम्मा गर्न आग्रह गरेका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा रोजगार कार्यालयको च.नं २२४ पसं २०८१/८२ मिती २०८१/१२/२७ गतेको पत्र र श्रम ऐन २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४, श्रम नियमावली २०७५, योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली २०७५ वमोजिम निजि क्षेत्रवाट संचालित संस्थागत विद्यालय, सहकारी संस्था लिमिटेड तथा व्यापारीक औद्योगिक प्रतिष्ठानहरुमा कार्यरत शिक्षक/कर्मचारी/श्रमिक/कामदारहरुलाई नेपाल सरकारले निर्धारण गरेको न्यूनतम पारीश्रमिक कार्यान्वयन र सामाजिक सुरक्षा कोषमा सूचीकृत/आवद्ध गराउने दायित्व सम्बन्धित संस्था/प्रतिष्ठानको रहने हुदाँ यस क्षेत्र अन्तर्गत संचालित सहकारी संस्था लिमिटेड, संस्थागत विद्यालय तथा व्यापारीक औद्योगिक प्रतिस्ठानहरुलाई नेपाल सरकारले निर्धारण गरेको न्यूनतम पारीश्रमिक कार्यान्वयन नगरेको भए कार्यान्वयन गराउनु हुन र सामाजिक सुरक्षा कोषमा सूचीकृत/आवद्ध गराइ योगदान रकम अनिवार्य रुपमा जम्मा गर्नुहुन सुचित गरिएको छ ।