दमौली, १७ वैशाख । जिल्ला प्रहरी कार्यालय तनहुँलाई कालिका कन्सट्रक्सन प्रालिले एक थान मोटरसाइकल सहयोग गरेको छ । तनहुँ जलविद्युत आयोजनाको प्याकेज १ को काम गरिरहेको प्रालिले बुधबार प्रहरीलाई एक थान टिभिएस अपाची मोटरसाइकल सहयोग गरेको हो ।
प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको उपस्थितिमा कालिकाका ठाकुरप्रसाद ढकालले प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीलाई उक्त मोटरसाइकस हस्तान्तरण गरेका हुन्।
प्रहरी सेवालाई थप प्रभावकारी बनाई अपराध अनुसन्धान तथा समाजमा शान्ति सुरक्षा अमन चयन राख्नका लागि मोटरसाइकलले सहयोग गर्ने प्रहरी उपरिक्षक शाहीले बताए।