छाङमा रु एक लाख राशीको वडा स्तरीय भलिबल प्रतियोगिता सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    छाङमा रु एक लाख राशीको वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०८२, शुक्रबार

    दमाैली, २६ वैशाख । तनहुँको म्याग्दे गाउँपालिका–४ र ५ छाङ युवा सञ्जालको आयोजनामा शुक्रबारदेखि प्रथम छङ्गेली कप वडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।

    प्रतियोगिताको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्दै खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धन सहित आयोजना गरिएको प्रतियोगिताले यस भेगको प्रचारप्रसारमा सहयोग पुग्ने बताए ।

    ‘कला संस्कृति र खेलकुदको प्रबर्धन, हाम्रो गाउँ हाम्रो ठाउँ छाङ हाम्रो पहिचान’ भन्ने नाराका साथ वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

    प्रतियोगिताको पहिलो दिन भएको खेलमा म्याग्दे गाउँपालिका वडा नम्बर ५ विजयी भएको छ । वडा नम्बर ५ ले वडा नम्बर ३ लाई पराजित गरेको प्रतियोगिता संयोजक गौरवराज रानाले जानकारी दिए ।

    रित्तिदै गएको छाङ गाउँको पुनजागरण गर्न र छाङको आन्तरिक पर्यटन प्रबद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको छाङ युवा सञ्जालका अध्यक्ष भक्तबहादुर गुरुङ (निशान) ले जानकारी दिए ।

    प्रतियोगितामा विजेतालाई रु एक लाख एक हजार र उपविजेतालाई रु ५० हजार पॉच सय नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै सेमिफाइनलका दुई टिमलाई रु १५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।