ट्रकको ठक्करबाट महिलाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ट्रकको ठक्करबाट महिलाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १७ कार्तिक २०८३, मंगलवार

    तनहुँ, १७ कात्तिक । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा ट्रकको ठक्करबाट सोमबार एक महिलाको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग १ क ५९५८ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको हो ।

    अन्दाजी ६०÷६५ वर्षीया महिलाको नामथर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । ठक्करबाट घाइते महिलालाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।

    ठक्कर दिने ट्रक चालक लमजुङको मध्यनेपाल नगरपालिका–४ बस्ने २४ वर्षीय अमृत बानियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।