दमाैली, २७ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजार निवासी क्यान्सर पीडित सात वर्षीय सायान खत्रीको उपचारका लागि एक महिनाको अवधिमा रु ३३ लाख भन्दा बढी रकम सङकलन भएको छ ।
स्थानीय स्तरमा गठित सायान खत्री बचाउ अभियानमार्फत् रु ३३ लाख ६७ हजार नौ सय ८६ सङ्कलन भएको हो । चैत २६ गते गठित अभियानमार्फत् वैशाख २६ गतेसम्म उक्त रकम सङ्कलन भएको अभियानका संयोजक राजेश पाण्डेले जानकारी दिए । खत्रीको उपचारका लागि देश तथा विदेशबाट रकम सङ्कलन हुने क्रम जारी रहेको उनले बताए ।
उनले भने, “बालकको बारेमा जानकारी सहित सामाजिक सञ्जालबाट सहयोगको अपिल गरेका छौ । देश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी छ ।”
विगत चार वर्षदेखि क्यान्सरबाट गुज्रिरहेका खत्रीको उपचारमा आर्थिक अभाव भएपछि परिवारले उपचारमा सघाउन अपिल गरेको छ । छोराको उपचारका लागि करिब रु दुई करोड लाग्ने चिकित्कसले बताएकाले आफूहरुसँग आर्थिक अभाव भएकाले छोराको जीवन बचाइदिन बाबु धु्रव खत्रीले आग्रह गरेका छन् ।
हाल सायानकाे उपचार राम्राे भइरहेकाे र स्वास्थ्यमा सुधार भएकाे छ ।