प्रजातान्त्रिक विचार समाज तनहुँको अध्यक्षमा काफ्ले, सचिवमा आचार्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रजातान्त्रिक विचार समाज तनहुँको अध्यक्षमा काफ्ले, सचिवमा आचार्य

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०८२, शनिबार

    दमौली, २७ वैशाख । प्रजातान्त्रिक विचार समाज तनहुँको अध्यक्षमा जनक काफ्ले सर्वसम्मत निर्वाचित भएका छन् । समाजको शनिबार यहाँ आयोजित छैटौ अधिवेशनले काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

    अधिवेशनबाट समाजको उपाध्यक्षमा चन्द्रमणि कोइराला, सचिवमा ओमकार आचार्य, सहसचिवमा लालप्रसाद भट्टराई, कोषाध्यक्षमा बाबुराम पोख्रेल र सदस्यहरुमा प्रकाश गैह्रे, लक्ष्मी मल्ल, बाबुराम न्यौपाने, सुशीलप्रसाद वाग्ले, सागर न्यौपाने, मुक्तिनाथ आचार्य र नारायण कोइराला चयन भएका छन् ।

    यसअघि अधिवेशनको प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले उदघाटन गरेका थिए ।