गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि कास्कीका गिरीलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि कास्कीका गिरीलाई

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०८२, आईतवार

    दमौली, २८ वैशाख। तनहुँको शुक्ला साहित्य सङ्गमले शनिबार आयोजना गरेको गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि कास्कीका निकेश गिरीले जितेका छन् । प्रतियोगितामा २९ प्रतिस्पर्धीलाई पछाडि पार्दै कास्कीका गिरीले प्रदेशस्तरीय प्रतियोगिताको उपाधि जितेका हुन् ।

    प्रतियोगितामा गोरखाका कृष्णबहादुर महत द्वितीय, कास्कीका मदन घिमिरे तृतीय भएका छन् । विजयीहरुलाई क्रमशः रु ११ हजार, रु सात हजार र रु पाँच हजार नगद पुरस्कार प्रदान गरिएको शुक्ला साहित्य सङ्गमका अध्यक्ष टुकादेवी आचार्यले जानकारी दिइन् ।

    प्रतियोगितामा ३० जना गजलकारको अनलाइन मार्फत् सहभागिता रहेको थियो । उत्कृष्ट छनोट भएका दश जनालाई भौतिक उपस्थितिमा प्रतिस्पर्धा गराइएको थियो ।

    प्रतियोगितामा गजलकार रुपिन्द्र प्रभावी, सरस्वती श्रेष्ठ र अनुराग अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

    विजयीहरुलाई शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले पुरस्कार वितरण गरे ।